रवि लामिछाने उपप्राधानसहित गृह मन्त्री बन्ने पक्का

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री पाउने भएको छ ।
उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेछन् भने गृह मन्त्रालयमा दावी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय नपाउने पक्का भएको उनीनिकट एक नेताले बताए ।
अब श्रेष्ठसँग परराष्ट्र वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एक रोज्नुपर्ने विकल्प छ ।सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको शपथ लिँदा केही मन्त्रीहरुले पनि शपथ लिने भएका छन् ।
तपाइँको प्रतिक्रिया