जेष्ठ नागरिकहरुका कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको हो : उपप्रमुख अधिकारी

भरतपुर – भरतपुर महानगरपालिकका उपप्रमुख चित्रसेन अधिकारीले जेष्ठ नागरिकहरुकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको बताएका छन् । उपप्रमुख अधिकारीले २०६२/०६३ को जन आन्दोलनमा जेष्ठ नागरिकहरुले पुर्याएको योगदान कै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापना हुन गएक बताएका हुन् ।
दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा भरतपुर महानगरपालिका र ज्येष्ठ नागरिक सघ चितवनको सयुक्त आयोजनामा आज (सोमबार) भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रमलाई उद्घघाटन गर्दै उपप्रमुख अधिकारीले भने, जेष्ठ नागरिकहरु लोकतन्त्र र गणतन्त्रका नायक हुनुहुन्छ ।
आगामी तेस्रो जेष्ठ नागरिक दिवसलाई महानगरको सहयोगमा भब्य रुपबाट मनाउने गरि महानगर सहयोग गर्न तयार रहेको पनि उपप्रमुखले उल्लेख गरे । महानगर जेष्ठ नागरिक आमा बुवाहरुकै साथमा छ, तपाईंहरुको सुख दुखमा महानगरले परिवारको सदस्यको रुपमा सहयोग गर्न तयार छ ।


जेष्ठ नागरिकहरुका लागी भरतपुरमा रहेका अस्पतालहरुमा समन्वय गरि १० शैया छुट्याइएको भएता पनि आगामी दिनहरुमा अझ बढी सेवा सुबिधा उपलब्ध गराउने उपप्रमुखको प्रतिबद्धता रहेको छ ।
कार्यक्रम अधिबक्ता एक नारायण सापकोटाले कानुनी प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा सस्थाका कार्यबाहक अध्यक्ष माधब शर्मा घिमिरेले कार्यक्रमको विषयबस्तु माथी प्रकाश परेका थिए । कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, सस्थाका केन्द्रिय सदस्य भोजराज न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया