उपप्रधानमन्त्रीसहित गृहमन्त्री पाउनुपर्ने रास्वपाको माग

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृहमन्त्री आफूले पाउनुपर्ने माग गरेको छ ।
यो हुन नसके उपप्रधानमन्त्रीसहित भौतिक योजना मन्त्रालय लिएर समेत सहमति गर्न सकिने पार्टीले अडान राखेको छ । पार्टीले उपसभामुख र श्रम मन्त्रालय पनि मागेको छ ।
अन्य २ मन्त्रालय पनि मागेको पार्टीले अरु मन्त्राल तोकेको भने छैन । पार्टीले गृह वा भौतिक योजना मन्त्रालयमध्ये एक पाउनुपर्ने अडान राखेको भए पनि श्रम मन्त्रालय भने रोजाइको हो जसमा विकल्प पनि हेर्न सकिने जनाएको छ ।


तपाइँको प्रतिक्रिया