पोखराबाट महामन्त्री गगनको टिप्पणी : म अपमानित भएर आएको हुँ

पोखरा – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित भएर पोखरा आएको टिप्पणी गरेका छन् ।
लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी महामन्त्री थापालाई मोडरेटर बसन्त बस्नेतले तपाईं हारेर आएको कि जितेर भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अपमानित भएर आएको हुँ ।’
सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेपछि कतिबेला बोलाउनुहुन्छ भनेर फोन कुरेर बसेको उनले बताए । संसदीय समितिमा दलको नेता बाहेक महामन्त्रीद्वय पदेन सदस्य रहेको भन्दै उनले भने, ‘बिहान ६ बजेबाट सभापतिको कल कतिखेर आउँछ भनेर कुरेर बसेको हुुँ ।’


तपाइँको प्रतिक्रिया