हामी एम्बाप्पे भयौं, बढी गोल पनि हान्यौं तर कप अर्कैले लग्यो : महामन्त्री शर्मा

पोखरा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु अहिलेको राजनीतिको खेलमा फुटबलर एम्बाप्पेजस्तो मात्र भएको टिप्पणी गरेका छन् ।
पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले सो टिप्पणी गरेका हुन् । ‘अस्ति वर्ल्डकप भएको थियो नि । सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो । गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो । भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बल पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’उनले अघि भने, ‘त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएका हौं ।’
५ वर्षपछि एम्बाप्लेले के गर्छ भन्ने प्रश्नमा उनले भने, ‘५ वर्षपछि हामी डिफेण्डिङ च्याम्पियन भन्छन् नि अहिलेको च्याम्पियनलाई हराएर हामी च्याम्पियन बन्छौं ।’
तपाइँको प्रतिक्रिया