हीरक महोत्सव गर्दै नारायणी नमुना मावि

चितवन – चितवनको भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना मावि स्कुलले हीरक महोत्सवको आयोजना गरेको छ । स्कुलले ६० औँ वार्षिक उत्सवको अवसरमा हीरक महोत्सवको आयोजना गरेको हो ।
आगामी पुस १६ गते हीरक महोत्सवको उद्घाटन हुनेछ । स्कुलले (आइतबार) पत्रकार सम्मेलन गर्दै हीरक महोत्सवको उद्घाटनका लागि नवनियुक्त प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको जानाकारी दिएको हो ।
हीरक महोत्सवको उद्घाटन समारोहमा स्वर्ण र हीरक स्तम्भ अनावरण, विद्यालय भवन शिलान्यास, हीरकद्वार उद्घाटन, हीरक स्मारिक विमोचन, विज्ञान प्रदर्शनी, सम्मान लगायतका कार्यक्रम गरिने विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले बताए ।


उनले भने, ‘पुस ६ गतेबाट हीरक महोत्सव अन्तर्गतका कार्यक्रम चलिरहेको छ, पुस १६ गते साँझ समापन गरिनेछ ।’ महोत्सव समारोहका कार्यक्रम अन्त्रगत पुषको ६ गते देखि १० गते सम्म विविध अन्तर सदनात्मक खेलकुदको आयोजना भएको थियो । जसमा अन्तर माध्यमिक (Mathematic Olympiad),जिल्ला स्तरीय अन्तर मा.वि. हाजिरीजवाफ प्रतियोगिता, रनिङ शिल्ड प्रतियोगिता, बास्केट बल, भलिबल, दौड लगाएतका खेलकुद भएका थिए ।
यता १६ गते हुने महोत्सव भोली देखीनै अपौचारिक रुपमा शुरु हुने हुने छ । जसमा ११ गते जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता, १२ गते अभिभावक स्याहार सुसार कार्यक्रम, १३ गते मोटरसाइकल ऱ्याली तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, १४ गते शोभायात्रा तथा रक्तदान कार्यक्रम, १५ गते पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम १६ गते फुड फेष्टीबल लगाएतका कार्यक्रम गरी समापन हुने छ ।
प्रअ दवाडीले हीरक महोत्सवको नारा ‘प्रविधिमैत्री शिक्षाको शान : राष्ट्रव्यापी हाम्रो पहिचान’ भन्ने मूल नारालाई अँगालेर हीरक महोत्सवका लागि जुटिएको बताए । २०२० सालमा रात्रिकालीन हाइस्कुलबाट सुरू भएको नारायणी माविले २०३७ सालमा प्रातकालीन हुँदै २०३९ सालबाट दिवाकालीन समयमा प्राथमिक कक्षा सञ्चालन गरेको थियो । हाल विद्यालयमा ४२ जिल्लाका ३५ सय विद्यार्थी छन् भने ५ हजार विद्यार्थी बनाउने लक्ष्य रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाका अनुसार २०६० सालबाट कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन विषयमा बिहानी कक्षाहरु चलेका छन् । यस्तै, प्राविधिक विषयहरु पनि सञ्चालन भएका छन् । २०७० सालमा १५० मापदण्ड पार गरी नारायणी माविले नमुना माविको पत्र प्राप्त गरेको थियो । हाल विद्यालयमा ६४ जना सरकारी शिक्षक, कर्मचारी छन् भने १३९ जना निजी स्रोतको आम्दानीबाट चलेका शिक्षक, कर्मचारी रहेका छन् ।
तपाइँको प्रतिक्रिया