राष्ट्रिय पोषाक दौरा सुरुवालमा शपथ ग्रहण गर्ने प्रचण्डको तयारी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।
त्यसको तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो । स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ ।
प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन । उनले प्रायः सुट लगाउने गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले दौरा सुरुवाल अहिलेसम्म नलगाएको बताए ।


तपाइँको प्रतिक्रिया