नारी अभ्युदय केन्द्र नारायणगढद्वारा न्यानो कपडा तथा स्टेशनरी वितरण

चितवन – नारी अभ्युदय केन्द्र नारायणगढ चितवनले न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ । केन्द्रले चितवनको इच्छाकामना ७ स्थित राष्ट्रिय आधारभुत विद्यालय सानो भोर्लेलाई न्यानो कपडा तथा स्टेशनरीका सामाग्री वितरण गरेको हो ।
केन्द्रले शनिबार बिद्यालयमै पुगेर ४० जना विद्यार्थीलाई कापी, कलम इरेजर न्यानो कपडा लगाएतका सामाग्री र १५० स्थानिय घरपरिवारको लागि पनि न्यानो कपडा वितरण गरेको अभ्युदय केन्द्रको सचिव बिष्णु रायमाझीले बताइन् ।
नारी अभ्युदय केन्द्र नारायणगढ चितवनकी अध्यक्ष सरला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी इच्छाकामना ७ का वडा सदस्य टेकबहादुर गुरुङ, विशिष्ट अतिथी केन्द्रकी संस्ठापक संरक्षक कस्तुरी श्रेष्ठ, अतिथी स्कुलका प्रध्यानध्यापक तिल बहादुर गुरुङ, केन्द्रका समिती संयोजक बन्धना पिया, माला श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।


तपाइँको प्रतिक्रिया