प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए प्रतिपक्षमा बस्ने माओवादीको निर्णय

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।
आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताए ।


प्रधानमन्त्री देउवाकै कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको ति पदाधिकारीले बताए ।
तपाइँको प्रतिक्रिया