माओवादीले पार्टीका संघीय सांसदबाट मासिक ५ लाख ६४ रूपैयाँ उठाउने

काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरुबाट मासिक जम्मा ३ लाख ८३ हजार रूपैयाँ लेबी उठाउने भएको छ ।
पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रूपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रूपैयाँ लेबी उठाउने निर्णय गरेको हो । यस्तै संघीय संसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् ।
संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउनेछ । माओवादीका एक पदाधिकारीले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले पार्टीमा बुझाउने मासिक लेवी १२ हजार रुपैयाँ सांसदका दरले निर्धारण गर्ने निर्णय भएको जानकारी दिए ।


प्रदेशहरुबाट उठेको मासिक लेवी ८० प्रतिशत सम्बन्धित प्रदेशमा राख्ने र बाँकी २० प्रतिशत लेवी रकम अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि भएको ती नेताको भनाइ छ ।
तपाइँको प्रतिक्रिया