‘अवतार २’ ले पहिलो साता नेपालमा कमायो ४ करोड

काठमाडौं – हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा पहिलो साता आक्रामक कमाइ गरेको छ ।
नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार जेम्स क्यामरुन निर्देशित फिल्मले बिहीबार सात दिनसम्म चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । शनिबारको बिदा र आइतबार पनि क्रिसमसको सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ साढे पाँचदेखि ६ करोडसम्म हाराहारीमा हुने अनुमान छ ।
शुक्रबार पनि फिल्मको अकुपेन्सी ७० प्रतिशतसम्म थियो । फिल्मले विश्वभरबाट ६०० मिलियन डलरको आँकडा पार गरेको छ ।


तपाइँको प्रतिक्रिया