सरकारमा दाबी पेस गर्न हस्ताक्षर सङ्कलन गर्दै कांग्रेस र माओवादी

काठमाडौं – राष्ट्रपतिले सरकार गठनका लागि दिएको एकसाताको समयसीमा सकिन लाग्दासमेत गठबन्धन दलहरुबीच सहमति जुट्न सकेको छैन ।
यसबीच सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सरकारमा दाबी पेस गर्नका लागि आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेका छन् ।
कांग्रेस सांसद सञ्जय गौतमले हरेक राजनीतिक दलमा संसदीय दलले आफ्ना सदस्यको हस्ताक्षर सङ्कलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गरे । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ सांसद रहेका छन् ।


कांग्रेस सँगसँगै नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको छ । अर्थमन्त्री जर्नादन शर्माका अनुसार माओवादीका सांसदहरूले हस्ताक्षर बुझाइसकेको बताए । सङ्घमा माओवादीका ३२ जना सांसद रहेका छन् ।
तपाइँको प्रतिक्रिया