कांग्रेस सांसदहरूलाई देउवाले बोलाए बालुवाटार

काठमाडौं – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले सांसदहरूको भेला बोलाइएको बताए।
आज मध्यान्ह १२:३० बजेदेखि भेला सुरू हुनेछ। नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहनेछ। देउवा पुस ६ मा संसदीय दलको नेता निर्वाचित भएका थिए।
उनले दल नेता भएपछि पहिलो पटक सांसदहरूसँग छलफल गर्न लागेका छन्। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।


तपाइँको प्रतिक्रिया