बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
गएको मंसिर ४ सम्मपन्न निर्वाचनमा उनी धादिङ(१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए। प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनले बताए ।बागमती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको रुपमा काम गर्ने बताए ।
तपाइँको प्रतिक्रिया