रवि लामिछानेले गरे सिइओका लागि दरखास्त आह्वान

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् ।
उनले हिजो (विहिबार) संसद भवनबाट सपथ ग्रहन लिईसकेपछी उनले फेसबुकमा सुरुवात एक जनाबाट थप योजना सार्वजनिक गरौला, आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको बताएका हुन् ।यसका लागि आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन लामिछानेले अनुरोध गरेका छन् ।
तपाइँको प्रतिक्रिया