सौराहामा क्रिसमस इभ, रचना रिमालले पर्यटक झुमाउने

सौराहा – क्रिसमसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘क्रिसमस इभ’ हुने भएको छ ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) सौराहाले क्रिसमसको अघिल्लो दिन बिशेष कार्यक्रम आयोजना गर्न लागेको हो । क्रिसमस मनाउन सौराहा आउने पर्यटकलाई लक्षिर गरेर कार्यक्रम आयोजना गरिएको रेबान सौराहाका अध्यक्ष नरेश गिरीले बताए ।
उनका अनुसार क्रिसमसको अवसर पारेर सौराहामा पहिलो पटक बिशेष कार्यक्रम आयोजना गरिएको हो । सौराहा आउने पर्यटकलाई फरक स्वाद पस्किनका लागि यस पटक क्रिसमसको अवसरमा कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
कार्यक्रममा अहिलेकी चर्चित गायिका रचना रिमालले प्रस्तुति दिनेछिन् । उनले आफ्ना करिब एक दर्जन गीतबाट पर्यटक झुमाउनेछिन् । यस्तै कार्यक्रम रत्ननगर कला मन्दिरका कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।
तपाइँको प्रतिक्रिया