थुनामुक्त भए चार्ल्स शोभराज

काठमाडौं – बिकिनी किलर भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् ।
केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ । फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेले बताए । सर्वोच्च अदालतको आदेशअनुसार उनलाई डिपोर्ट गर्ने सरकारको तयारी छ ।
शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका हुन् । पुस ६ मा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई कैद घटाएर रिहा गर्न आदेश गरेका थिए ।


तपाइँको प्रतिक्रिया