भरतपुरको पुल्चोक गोन्द्रङ ६ लेन सडकमा पर्ने घरमा चल्यो डोजर

चितवन – सडक डिभिजन कार्यालय भरतपुरले पुल्चोक गोन्द्रङमा ६ लेन सडकमा पर्ने घरमा डोजर चलाएको छ ।
कार्यालयले सडक विस्तारका लागि डोजर लगाएर घर भत्काउन सुरु गरेको छ । सडक क्षेत्रभित्र परेका घरहरु भत्काउन थालिएको कार्यालयले जानकारी दिएको छ ।
यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए। ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए।


तपाइँको प्रतिक्रिया