चितवनमा पिकअप भ्यानको ठक्करबार बालकको मृत्यु

चितवनमा पिकअप भ्यानको ठक्करबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई हाल चितवनको राप्ती नगरपालिका २ गड्यौलीमा बस्दै आएका अब्दुल मसिनको अन्दाजी ८ वर्षीय छोरा महमद एकलास रहेका छन् ।
आज (शुक्रबार) बिहान ६:४५ बजे राप्ती २ गड्यौलीमा पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको प्र.२-०३-००१ च १७९२ नम्बरको पिकअपले बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर भएका उनलाई उपचारको कलेज अफ मेडिकल साइन्सेस भरतपुर पठाईएको थियो ।
बिहान ८:०८ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप र चालक बाराको जितपुर ७ बस्ने २८ वर्षीय दीपेन्द्र झा प्रहरीको नियन्त्रणमा रहेका छन् ।


तपाइँको प्रतिक्रिया