राजु र देवीको ‘ऊनको डसना’ मा सन्तोष र दिब्यानी (भिडियोसहित)

चितवन – चर्चित लोक तथा दोहोरी गायक राजु ढकाल र गायिका देवी घर्ती मगरको नयाँ गीत ‘ऊनको डसना’ सार्वजनिक भएको छ ।
गीत आज (बिहीबार) गायिका घर्तीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतको शब्द रमेश परियारले लेखेका हुन् । भने गीतमा संगीत पनि परियारकै छ । गीतमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।
कृष्ण केसी निर्देशित गीतको भिडियोमा सन्तोष पन्त, दिब्यानी ओली र जेरी भण्डारीलगायतका कलाकारहरु देख्न सकिन्छ । जेरी भण्डारीको नृत्य निर्देशक रहेको भिडियो करण चैसिरले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन् ।


तपाइँको प्रतिक्रिया