माओवादी संसदीय दलको नेतामा प्रचण्ड, पाण्डे प्रमुख सचेतक

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
आज (बिहीबार) बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको सांसद सुदन किरातीले जानकारी दिए ।
त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो । यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन् । तर दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने प्रचण्डले बैठकमा बताएका छन् । सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ ।


यसैबीच माओवादी केन्द्रबाट राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् ।
तपाइँको प्रतिक्रिया