सर्वोच्चको आदेश स्पष्ट नभएको भन्दै चार्ल्स शोभराजलाई छाड्न अस्वीकार

काठमाडौं – केन्द्रीय कारागारले बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स सोभराजलाई छाड्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतको वुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल छाड्ने अवस्था नदेखिएको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दियो ।विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले शोभराज बुधबारको आदेशकै भरमा छुट्ने अवस्था कम देखिएको बताए ।
‘केन्द्रीय कारागारबाट आदेश स्पष्ट नरहेको भन्ने कुरा आएको छ’, उनले भने । यसअघि सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका ७८ वर्षीय फ्रेन्च नागरिक शोभराजलाई तत्काल थुनामुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।
कारागार प्रशासनले यसअघि शोभराजको हकमा यसअघि आएका आदेशहरु पनि मानेको थिएन । उच्च सुरक्षा खतरा भएको कैदी भएको भन्दै उनलाई केन्द्रीय कारागारको गोलघरमा राखिँदै आएको थियो । सन् १९७५ मा एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरेको आरोपमा उनी सन् २००३ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसअघि उनले भारतको कारागारमा झन्डै २१ वर्ष विताएका थिए ।
तपाइँको प्रतिक्रिया