सन्दीपका कानुन व्यवसायीद्धारा आजको पेशी स्थगित

काठमाडौं – जबर्जस्ती करणी मुद्धामा आफुलाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले पाटन उच्च अदालतमा गरेको पुनरावेदनको बिहीबारका लागि तोकिएको पेशी स्थगित भएको छ।
निवेदक सन्दीपकै कानुन व्यवसायीले पेशी स्थगितका लागि निवेदन दिएका थिए। महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी परेको थियो।
काठमाडौं जिल्ला अदालतले गत कात्तिकमा सन्दीपलाई कारागार पठाउने आदेश गरेको थियो। जबरजस्तीकरणीको अभियोग लागेका उनलाई असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।


तपाइँको प्रतिक्रिया