नवीन कृषि सहकारीमा ४८ जनाले गरे रक्तदान

भरतपुर – नवीन प्रविधि कृषि सहकारी संस्था लिमिटेड भरतपुर- १४ महेनद्रचाेकमा रक्तदान तथा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाकाे दाेस्राे स्थापना दिवसकाे अवसरमा साे कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा १२ जना महिला र ३६ जना पुरूष गरि ४८ जनाले रक्तदान गरेका थिए भने ७० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथि भरतपुर १४ का वडा अध्यक्ष राजेन्द्र साखी रहेका थिए । कार्यक्रममा बाेल्दै नवीन प्रविधि कृषि सहकारी संस्था कृषिमा मात्रै नभई सामाजिक कार्यमा पनि सरिक भएकाेमा संस्थालाई धन्यवाद दिँदै संस्थासँग भाेलिका दिनहरूमा हातेमालाे गर्दै अगाडि बढ्ने प्रतिबद्वता पनि व्यक्त गरे ।


कार्यक्रममा स्वास्थ्य परिक्षण जि.पि पाेलिक्लिनिक भरतपुर १४ का स्वास्थ्यकर्मिहरूले गराएका थिए । साे कार्यक्रममा भरतपुर- १५ का वडाअध्यक्ष श्रीकृष्ण देवकाेटा,
नेपाल रेडक्रस साेसाईटी चितवन उपशाखाका उपसभापति विदुर केसी, शिवनगर उपशाखाका अध्यक्ष भीमबहादुर थापालगायत सामाजिक व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
साँझमा दीप प्रज्वलन तथा केक काटेर स्थापना दिवस मनाउने तयारी भएकाे छ । संस्थाका अध्यक्ष दीपेन्द्र बास्ताेलाकाे सभापतित्वमा जीवन केसीले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।
तपाइँको प्रतिक्रिया