नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा माइक्रो अनियन्त्रित भई पल्टिदा ६ जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर २९ सिमलतालमा माइक्रो अनियन्त्रित भएर पल्टिदा माइक्रो चालकसहित ६ यात्रु घाइते भएका छन् । आज (बुधवार) बिहान करिब ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रो आफै अनियन्त्रित भई पल्टिएको हो ।
माइक्रोमा सवार १७ जना मध्ये ६ जना घाइते भएका हुन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
घाइते हुनेहरुमा माइक्रो चालक रत्ननगर–१४ का ४१ वर्षीय भिम श्रेष्ठ, माडी–१ का ३१ वर्षीय सोविन्द्र महतो, भरतपुर–२ की ७९ वर्षीय सिता कुमारी सुनार, भरतपुर–१६ का २९ वर्षीय रोसन भुजेल, भरतपुर–२९ की ३१ वर्षीय पुजा श्रेष्ठ र भरतपुर–११ की ४१ वर्षीय तिरु सुनार रहेका छन् ।


तपाइँको प्रतिक्रिया