भोट माग्दै गगन पुगे शशांक कोइरालाको निवास

काठमाडौं – कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेतामा शशांक कोइरालाको माध्यमबाट भोट माग्न थालेका छन् । शशांक निवास पुगेर थापाले आशिर्वाद माग्दै सहयोगका लागि आग्रह गरेका हुन् ।
शशांकले अंक गणितमा जित्ने अवस्था नभएको भन्दै उमेदवार किन बनेको भनेर गगनलाई प्रश्न गरेका थिए । जवाफमा थापाले आफूले जनताको आवाज सुनेर उमेदवारी दिएको बताए ।
“गगनजीले सके चुनाव जित्छु नभए पनि सम्मानजनक भोट ल्याएर देउवालाई जिम्मेवार बनाउन भूमिका खेल्छु । मलाई सहयाृग गर्नुस् भन्नुभयो,” गगनसँगै रहेका एक सांसदले भने, “डा. सापले केही सांसदलाई फोन हान्नुभयो । कसैको लागेन कसैसँग कुराकानी पनि गराउनुभएको छ ।”शशांकले थापालाई शुभकापना दिएर बिदा गरेका थिए ।


तपाइँको प्रतिक्रिया