सभापतिमा शेखरलाई सघाउने शर्तमा गगन संसदीय दलको नेताको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको आगामी महाधिवेशनमा डा. शेखर कोइरालालाई सर्वसम्मत सभापतिको उम्मेदवार बनाउने शर्तमा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय भएको छ ।
संस्थापनइतर समूहको राजधानीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सुनिल शर्माले महामन्त्री थापालाई सशर्त संसदीय दलको नेताको उम्मेदवार बनाइएको जानकारी दिएका हुन् ।
आजको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको छ। यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् ।


तपाइँको प्रतिक्रिया