ग्रीनल्याण्डका विद्यार्थीहरुद्वारा सहयोग

भरतपुर – भरतपुर महानगरपालिका १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले सडकबाट पुनर्स्थापित बालकहरुका लागि सहयोग हस्तान्तरण गरेका छन् ।
स्कुलको कम्युनिटी क्लब तथा इको क्लबका सदस्य विद्यार्थीहरुले स्व:स्फुर्तरुपमा आर्थिक संकलन गरि भरतपुर-५ आनन्दपुर स्थित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान, नेपालमा रहेका ३१ जना बालकहरुका लागि २० हजार बराबरको स्कुलको जुत्ता र मोजा सहयोग गरेका हुन् ।
कम्युनिटी क्लबका अध्यक्ष सुमन सुवेदी र इको क्लबका अध्यक्ष सुप्रिम पौडेलको अगुवाईमा भएको सो सहयोग हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा स्कुलकी प्राचार्य इन्दिरा कार्की, सह-प्राचार्य उपेन्द्र आचार्य, शिक्षक कृष्ण कार्की, संस्थाका सदस्य बिष्णुहरि पौडेल, कार्यक्रम संयोजक मनोज खड्का उपस्थित थिए । कार्यक्रम संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।


तपाइँको प्रतिक्रिया