वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भयो: अध्यक्ष नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताएका छन् ।
आज (सोमबार) काठमाडौंंमा पार्टीबाट निर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले सरकार गठनको बिभिन्न चर्चा परिचर्चा हुन थालेको र वामपन्थी मिलेर सरकार बनाउने कुरा आएको भन्दै जनता अलमल्याउने काम हुन थालेको बताएका हुन् ।
उनले कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफुहरु फर्कन नसक्ने पनि बताए । अध्यक्ष नेपालले गठबन्धनका दलहरु आन्तरिक छलफलमा रहेकाले एकै ठाउमा बसेर सरकार गठनको समीकरण टुंगो लगाउने धारणा राखेका छन् । अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम आफुहरु प्रतिवद्ध रहेको भन्दै उनले गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने बताएका छन् ।


तपाइँको प्रतिक्रिया