चितवनको इच्छाकामनामा जिल्ला स्तरिय खुल्ला बुद्दिचाल प्रतियोगिता हुने

चितवन – चितवनको इच्छाकामनामा जिल्ला स्तरिय खुल्ला बुद्दिचाल प्रतियोगिता हुने भएको छ । इच्छाकामना युथ स्पोर्टस कलब मुग्लिङ्ग चितवनको आयोजनमा यही पुष १५ र १६ गते जिल्ला स्तरिय खुल्ला बुद्दिचाल प्रतियोगिता हुने भएको हो ।
युथ स्पोर्टस कलबले आज (सोमबार) जिल्ला समन्व्य समिती चितवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता बारे जानाकारी दिएको हो । प्रतियोगितमा सहभागी हुनको लागि खेलाडीले आजदेखि पुष १४ गते सम्म आवेदन दिईसक्नुपर्ने छ । आवेदन दिनको लागि ई – सेवा मार्फत ९८४१६९७६७१ नम्बरमा आफ्नो नाम टिपाउन सकिने सोही क्लबका राजु त्रिपाठीले जानाकारी दिए ।
आवेदन दिन महिलाको लागि ३ सय, विद्यार्थीको लागि ४ सय, इच्छाकामना स्थानियका लागि ५ सय र खुल्लाको लागि १ हजार शुल्क तोकिएको छ ।


इच्छाकामना ४ कुरिन्टारमा हुने यस खेलमा प्रथम हुने खेलाडीले १३ हजार, दोस्रो हुनेले ९ हजार, तेस्रो हुनेले ५ हजार, चौथो, पाचौँ र छैठौ हुनेले समान २ – २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
१५ र १६ गते हुने प्रतियोगितमा १५ गते गएका खेलाडीलाई १ दिन बस्नेको व्यबस्था पनि रहेको उनले बताए । यस खेलमा जुन सुकै उमेर समुहका महिला र पुरुष सहभागी हुन पाउने छन् ।
आजभोलि अन्य खेलहरुमा मानिसहरुको आकर्षण बढ्दै जाँदा पुरानो खेल बुद्दीचाल जस्ता खेलको संरक्षण गर्नका लागि जिल्ला स्तरिय प्रतियोगिता आयोजना गरिएको इच्छाकामनामा युथ स्पोर्टस कलबका अध्यक्ष प्रकाश त्रिपाठीले बताए । यस खेलले पढ्ने उमेरका विद्यार्थीहरुका लागि बुद्दीको बिकासमा समेत टेवा पुर्याउने उनको भनाई छ ।
त्यस्तै चेस संघ चितवनका अध्यक्ष मोहन श्रेष्ठले बुद्धिचाल खेल मात्र नभएर मस्तिस्कको कसरत समेत रहेको बताए ।प्रतियोगितमा जिल्ला भरका ४५ देखि ५० जना प्रतियोगी सहभागी हुने आयोजकको अनुमान छ ।
तपाइँको प्रतिक्रिया