चितवन – सरकारले ल्याएको अध्यादेश प्रति थारु कल्याणकारिणी सभा चितवनले स्वागत गरेको छ ।
जिल्ला सभापति ललित कुमार चौधरीद्धारा बुधबार अपरान्ह जारी विज्ञप्तीमा केपी ओली नेतृत्वको सरकारले गरेको सम्झौता कार्यान्वयनका लागि वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयनका लागि ल्याएको अध्यादेशको संविधानसम्मत र स्वागतयोग्य रहेको उल्लेख छ ।



थाकसले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट यथाशिघ्र प्रमाणीकरण हुने विश्वास व्यक्त गरेको छ । अध्यादेश कार्यान्वयन नभए शसक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । विज्ञप्ती भनिएको छ–‘पहिचान र अधिकारका लागि थारु कल्याणकारिणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुठा मुद्दा लगाईएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवं बन्दीहरुलाई अविलम्ब रिहाई गरियोस् । अध्यादेशको पूर्ण समर्थन गर्दै सो को कार्यान्वयनका लागि जोडदार माग गर्दछौं । कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं ।’
थाकस चितवनले आजदेखि काठमाडौंमा थारु कल्याणकारिणी सभा एवं थरुहट÷थारुवान संघर्ष समितिले आह्वान गरेको सांकेतिक आन्दोलनमा थाकस चितवनको पूर्ण समर्थन र ऐक्यवद्धता रहेको जनाएको छ ।