कांग्रेस नेता पौडेललाई जापान सरकारले आज विभूषण प्रदान गर्ने

एटुजेड समाचार

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज विभूषण प्रदान गर्ने भएको छ।

जापानले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट पौडेललाई सम्मान गर्ने यसअघि नै घोषणा गरिसकेको थियो।

पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको छ। पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको छ।

विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ।
पौडेललाई सभामुख हुँदाका बेला गरेका काम र त्यसपछि जापान-नेपाल सम्बन्धका लागि यो विभूषण दिन लागिएको हो। पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु