युरिया मलको कालोबजारी गरेको आरोपमा पक्राउ

एटुजेड समाचार

काठमाडौं – सप्तरीमा युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१०, दिघवाका १९ वर्षीय राजकुमार दास छन् ।

उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल लुकाइछिपाइ भन्डारण गरी सरकारले निर्धारण गरेको भन्दा बढी मूल्यमा बिक्री गर्दै आएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले तलासी गर्दा प्रतिबोरा ५० केजीका दरले ३५ थान बोरा सो मल भन्डारण गरी राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु