रवि लामिछानेले भने– अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । संसद् बस्न लागेको अवस्थामा अध्यादेश ल्याउन हतार गरेर नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको उनले बताएका छन् ।
“अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? एक हप्ता ?, दुई हप्ता ?, तीन हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र एकदुई हप्ता पनि कुर्न नसकिने ?,” रविले प्रश्न गरेका छन्, “यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ । नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ ।”
सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रिया