सोनाङ जिव एकेडेमीले जित्यो ‘पिएफसी इमर्जिङ कप’ को उपाधि
भरतपुर – सोनाङ जिव एकेडेमी जगतपुर पिएफसी इमर्जिङ कपको विजेता बनेको छ । उपाधि भिडन्तलाई सोमेश्वर माध्यामिक विद्यालयलाई ६-० को फराकिलो अन्तरले पाखा लगाउदै गदै सोनाङ जिव एकेडेमी च्याम्पियन बनेको हो।
विजेता सोनाङ जिव एकेडेमीले ४० हजार रुपैयाँ प्राप्त गरेकोइ छ । उपविजेतामा सीमित सोमेश्वर माविले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
सोनाङ जीव एकेडेमीका विष्णु बाबु मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । यस्तै निराजन शाही उत्कृष्ठ डिफेन्डर, सुशिल बन सार्वाधिक गोल कर्ता र अमन श्रेष्ठ उत्कृष्ट गोलकिपर बने। सोमेश्वरका सुमन दर्जी उत्कृष्ट फरवार्ड घोषित भए ।
सेमिफाइनलसम्म स्थान बनाएको अमर माध्यामिक विद्यालय पटिहानी र आदिकवि भानुभक्त माध्यामिक विद्यालयलाई नगद पाँच पाँच हजारबाट पुरस्कृत गरिएको प्रतियोगिताको संयोजक शिव रानाभाटले जानकारी दिए। चतुर्मुखी माध्यामिक विद्यालय अनुशासित टिम भयो ।
पश्चिम चितवनको भरतपुर १४ स्थित सुन्दरवस्ती खेलमैदानमा ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो।
क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार प्रतियोगिता उद्धेश्य अनुसार जिल्लामा भएका नयाँ खेलाडीहरुको पहिचान गर्ने र शिक्षासँग खेलकुद जोड्न पर्ने प्रेरणा दिन सफल भएको छ। प्रतियोगितामा चितवनका ३२ माध्यमिक विद्यालय सहभागी रहेको जानकारी दिए।
तपाइँको प्रतिक्रिया