भरतपुर कारागारका कैदिबन्दिलाई मनोसामाजिक परामर्श

एटुजेड समाचार

भरतपुर – जिल्ला कारागार चितवनमा कैदिबन्दिलाई मनोसामाजिक परामर्श दिएको छ । जिल्ला कारागार चितवनको आयोजनामा कारागारका कैदिबन्दिलाई एकदिने मनोसामाजिक परामर्श दिएको हो ।

जानेर वा नजानेर अपराधिक कृयाकलापमा सम्लग्न कैदिबन्दिलाई आम मानिसहरु जस्तै व्यबहार कसरी गर्न सकिन्छ, उनिहरुमा सकारात्मक सोचको बिकास कसरी गर्न सकिन्छ,कारागार भित्र एकोहोरो सोचाइका कारण डिप्रेशनको सिकार हुनबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कारागार प्रमुख ( जेलर ) कमल प्रसाद आचार्यले जानकारी दिए ।

No description available.कार्यक्रमलाई विभिन्न सत्रमा बिभाजन गरिएको थियो पहिलो सत्रमा द आर्ट अफ लिभिङका योग प्रशिक्षक भोज बहादुर खड्काले योगाअभ्यास गराएका थिए । दोस्रो सत्रमा डिप्रेशनको सिकार नहोउन भन्नका लागि ” सानी ” नामक सस्थाका प्रतिनिधि यशोधा दाहाल र पार्वती पाण्डेले परामर्श दिएका थिए ।

कारागार ब्यवस्थापन बिभागका महानिर्देशक चक्रपाणी पाण्डेले कारागारका बन्दिहरुलाइ गरिने व्यबहार देशभरी ७२ वटा जिल्लामा रहेका ७४ वटा कारागार संरचना, हालमा भएको मुद्दाको स्थितीको बारेमा परामर्श दिएका थिए । त्यस्तै मनोचिकित्सक डा. रिचा सिन्हाले मनोचिकित्सा सम्बन्धी परामर्श दिएका हुन्न ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी आसमान तामाङले यस्ता खालका कार्यक्रमले बन्दिहरुलाइ सकारात्मक उर्जा प्रदान गर्नुका साथै कारागार भित्र रहदा पनि रचनात्मक बनाउने र भबिस्यमा कारागार बाहिरको जीवन जिउदा पनि सहज गराउने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु