रत्ननगर – चितवन जिल्ला स्थित रत्ननगर नगरपालिका ९ मा रहेको महोवन टोल विकास संस्थाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
सामाजिक र भौतिक विकासका साथै टोलबासी बीच एकता, सहकार्य र सद्भाव बढाउने काममा क्रियाशील रहँदै आएको टोल विकास संस्थाले टोललाई नमूना टोलको रुपमा विकास गर्दै अगाडि बढ्ने उद्घोष गरेको छ ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै रत्ननगर नगरपालिका ९ की वडा सदस्य सुस्मा खड्काथोकीले टोलले सशक्तरुपमा छोटो समयमै विकासका धेरै काम गरेको बताइन । उनले भनीन्, ‘महोवन टोलसँग स्थानीय सरकारले समन्वयमा काम गर्दै आइरहेको छ । आगामी दिनमा पनि यो सहकार्यलाई थप बलियो बनाउँदै लगिनेछ ।’ स्थानीय सरकार र टोल विकास संस्थाको सहकार्यमा नगरपालिकाकै विकासमा थप टेवा पुगेको उनले बताइन ।


सो अवसरमा संस्थाका अध्यक्ष पुनाराम शर्माले सबैको प्रयास र मिहिनेतले महोवन टोल विकास संस्था यो अवस्थामा आइपुगेको बताउँदै आगामी दिनमा थप सशक्त, मजबुत र एकताबद्ध बनाउँदै लैजानुपर्ने बताए । उनले आगामी दिनमा टोलको समग्र सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि सशक्तरुपमा लाग्नुपर्ने बताए ।
संस्थाको तेस्रो अधिवेशनले सिताराम घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा अप्सरा पौडेल, सचिवमा सुर्य बहादुर मैनाली र कोषाध्यक्षमा गोबिन्द पौडेल निर्वाचित भएका छन भने सदस्यहरुमा कविता काप्री, विन्दु शर्मा, राजकुमार ढुङ्गना, शिता घिमीरे र गोमा खनाल चयन भएका छन् ।संस्थाका अध्यक्ष पुनाराम शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन धनन्जय शर्माले गर्नु भएको थियो ।