समानुपातिक सांसदको टुंगो लगाउन एमालेको सचिवालय बैठक सुरु

काठमाडौं – समानुपातिक सांसदको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो।
एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ। एमालेले प्रत्यक्षमा ४४ सीट जितेको थियो।
समानुपातिक सांसदको टुंगो लगाएर आज ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले दलहरू छलफलमा जुटेका हुन्।


तपाइँको प्रतिक्रिया