ठिमुरामा सम्पन्न सितोरियो करातेमा ब्रम्हपुरलाई ११ स्वर्ण

चितवन – भरतपुर महानगरपालिका १ ठिमुरामा सम्पन्न चितवन जिल्ला स्तरीय सितोरियो करातेमा ब्रम्हपुर डोजो प्रथम भएको छ ।
११ स्वर्ण, ६ रजत र ११ कास्यसहित २७ पदक जित्दै ब्रम्हपुर प्रथम भएको हो । यस्तै तीन स्वर्ण, पाँच रजत र चार कास्य गरी १२ पदक जित्दै ओमशान्ति एकेडेमी दोस्रो भएको छ । भरतपुर १ ठिमुरा खेल मैदानमा दुई दिन चलेको प्रतियोगितामा २१ इभेन्टमा प्रतिस्पर्धा भएको छ ।
२० केजी पुरुषमा रामपुर डोजोका बिराज विकले स्वर्ण पदक जिते । ठिमुरा डोजोका अविन प्रजाले रजत जित्दा विजयनगर डोजोका कृश्चल थापा मगर र सनराइज स्कुलका सन्दीप कंडेलले कास्य जिते ।


२५ केजी पुरुषमा ब्रम्हपुर डोजोका अनुज कुमालले स्वर्ण जिते भने ओमशान्ति एकेडेमीका मोनिक क्षेत्रीले रजत तथा ठिमुराका अमित गुरुङ र सन राइजका युसान्त सुवेदीले कास्य जिते । ३० केजीमा रामपुर डोजोका आशिष तामाङले स्वर्ण, सनराइजका अग्रीम तामाङले रजत तथा रामपुरका सिजन गुरुङ र डन एकेडेमीका दिप्सन गैरेले कास्य जिते ।
३५ केजीमा ब्रम्हपुरका विजय थापा मगरले स्वर्ण पदक जिते । ब्रम्हपुरकै सुलभ मगरले रजत जित्दा रामपुरका रोल्मिन पराजुली र सनराइजका आरएस थापाले कास्यमा चित्त बुझाए ।
पुरुष ४० केजीमा ओमशान्तिका कल्पित न्यौपानेले स्वर्ण, ओमशान्तिकै दिक्षित अर्यालले रजत तथा सनराइजका क्षितिज चौधरी र ओमशान्तिका कल्पित न्यौपाने कास्यमा सीमित भए । ४५ केजीमा ब्रम्हपुरका अमृत कुमालले स्वर्ण पदक हात पारे भने ब्रम्हपुरकै सुगम मगरले रजत जिते । सनराइजका उज्वल पटेल र ओमशान्तिका श्रीसान्त सिंखडाले कास्य जिते ।
५० केजी पुरुषमा ब्रम्हपुरका न्युसन राईले स्वर्ण जित्दा, भरतपुरका राजु कुमालले रजत तथा रामनगरका अविमिन रोक्का र सनराइजका विशाल राईले कास्य जिते । ५५ केजीमा ब्रम्हपुरका मिलन नेपालीले स्वर्ण, ब्रम्हपुरकै रामसित मोक्तानले रजत तथा ब्रम्हपुरकै सन्देश गुरुङ र सनराइजका अमर रानाले कार्य जिते ।
६० केजीमा भरतपुरका सुजन मगरले स्वर्ण, ब्रम्हपुरका अभिषेक कुमालले रजत तथा ब्रम्हपुरकै मनोज गुरुङ र ओमशान्तिका मेगस लामाले कास्य जिते । ६० केजी माथि रत्ननगरका सुशान्त सापकोटाले स्वर्ण, सनराइज मन्दिप यादवले रजत तथा ओम शान्तिका रेक्स श्रेष्ठ र न्यु स्टारका राज विकले कास्य जिते ।
यस्तै पुरुष कातातर्फ ब्रम्हपुरका मनोज गुरुङले स्वर्ण, ओमशान्तिका निरजित कुंवरले रजत, सनराइजका विशाल राई र पर्साका बादल दराईले कास्य जिते ।
उता महिला २० केजीमा ओम शान्तिकी आरोषी गौतमले स्वर्ण, ओम शान्तिकै प्राप्ती कंडेलले रजत, ठिमुराका एन्जल गुरुङ र ठिमुराकै अनुष्का अधिकारीले कास्य जिते । २० केजीमा ओमशान्तिकी सिया पौडेलले स्वर्ण, ठिमुराकी गरिमा अधिकारीले रजत तथा ठिमुराकै प्रिज्मा प्रजा र ब्रम्हपुरकी एन्जिला थापाले कास्य जिते ।
३० केजीमा रत्ननगरकी एस्मी गुरुङले स्वर्ण, रत्ननगरकै अतिथि थापा मगरले रजत तथा माडीकी एलिजा सारु मगर र ब्रम्हपुरकी एन्जिला थापाले कास्य जिते । ३५ केजीमा ब्रम्हपुरकी अनुष्का गुरुङले स्वर्ण, ओमशान्तिकी एलियस आले मगरले रजत तथा रामपुरकी प्रवेशिका गुरुङ र माडीकी तृप्ती शाहले कास्य पदक हात पारे ।
४० केजीमा माडीकी स्मृति सुनारले स्वर्ण पदक जित्दा माडीकै सन्ध्या घर्तीले रजत जितिन् । माडीकै श्वेता वाग्ले र ब्रम्हपुरकी अनुशा मियाले कास्य जिते । ४५ केजीमा ब्रम्हपुरकी निक्षा थापा मगरले स्वर्ण, ब्रम्हपुरकै पार्वती गुरुङले रजत, रिया थापा र नम्रता गुरुङले कास्य जिते ।
५० केजीमा ब्रम्हपुरकी ममता गुरुङले स्वर्ण जित्दा ब्रम्हपुरपुरकै काजल कुंवरले रजत तथा माडीकी जमुना महतो र ब्रम्हपुरकी पवित्रा कुंवरले कास्यमा चित्त बुझाए । ५५ केजीमा ठिमुराकी स्नेहा ठाकुरले स्वर्ण पदक जित्दा माडीकी यमुना महतोले रजत तथा ब्रम्हपुरकी सुनैना कुमाल र अन्जी तामाङले कास्य हात पारे ।
५५ केजीमा ब्रम्हपुरकी कृतिका पौडेलले स्वर्ण, ठिमुराकी प्राप्र्ती प्रजाले रजत तथा ब्रम्हपुरकी वर्षा गुरुङ र पार्वतीपुरकी रिदिक्षा परियारले कास्य जिते । महिला कातामा ब्रम्हपुरकी ममता गुरुङले स्वर्ण जित्दा सनराइजकी सजिता विकले रजत हात पारिन् भने रामनगरकी करुणा बुढाथोकी र आपँटारी डोजोकी सिर्जना थापाले कास्य जिते ।
बागमती प्रदेश प्रहरी स्कुल अनुशासित टोली बन्दा फेयर प्ले डन एकेडेमी घोषित भयो । रामपुरका आशिष तामाङ र ठिमुराकी प्रिज्मा प्रजा उत्कृष्ट खेलाडी भए । उनीहरुलाई जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, सितोरियो कराते संघ चितवनका अध्यक्ष एवं बागमती प्रदेश सितोरियो कराते प्रमुख गगन लामालगायतले पुरस्कार वितरण गरे ।
नेपाल सितोरियो कराते डो संघ चितवन र ठिमुरा उपशाखाको संयुक्त आयोजनामा सम्पनन प्रतियोगितामा १९ डोजो र चार स्कुलका तीन सय ४२ खेलडी सहभागी भएको संयोजक धनेश्वर जिसीले बताए ।
तपाइँको प्रतिक्रिया