एमाले केन्द्रीय सचिवालयको बैठक स्थगित
काठमाडौं – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ।
आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखिएको थियो।
एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्न लागिएको हो।
तपाइँको प्रतिक्रिया