कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छ: विजयकुमार गच्छदार

विराटनगर – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको बताएका छन्।
उनले कांग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए। सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा चुनाव हारेका गच्छदारले अस्थिरताको चिन्ता लागेकोले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए।
‘कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु,’ गच्छदारले भने। आफू काठमाडौं फर्केपछि कांग्रेस र एमालेको सरकार बनाउन पहल थाल्ने उनले बताए। उनले प्रधानमन्त्री भने अब पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताएका थिए।


तपाइँको प्रतिक्रिया