सिजी ल्यान्डमार्कमलमा विन्टर सेल, ब्राण्डेड सामानमा ८० प्रतिशतसम्म छुट

एटुजेड समाचार

चितवन – चितवनको भरतपुरस्थित अन्तर्राष्ट्रिय स्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमलमा विन्टर सेल सुरु भएको छ । जाडो सुरु भएसँगै ल्यान्डमार्कमलमा छुट अफर सुरु गरिएको हो ।

मंसिर २३ गते शुक्रबारदेखि लागू हुने गरी छुट अफर सुरु गरिएको ल्याण्डमार्कका महाप्रबन्धक उज्ज्वल केसीले जानकारी दिए । सेल अफर एक महिनासम्म चल्ने केसीले बताए ।

विन्टर सेलमा विश्व विख्यात ब्रान्डका सामानमा ८० प्रतिशतसम्म छुट दिइएको छ । केसीका अनुसार केटीएम सिटीले सेल अवधिमा विभिन्न सामानमा ८० प्रतिशतसम्म छुट दिइनेछ । त्यसैगरी लिनिङ ब्रान्डले सीमित स्टकमा ५० प्रतिशत छुट दिनेछ ।

विश्व विख्यात ब्रान्ड भान्सका सामानमा ४० प्रतिशत छुट पाइनेछ । त्यस्तै स्केचर्स, सिजी, सोनम, बिडब्लु, देनोभो जस्ता ब्रान्डले पनि भारी छुटका साथ सेल अफरमा भाग लिएका छन् । दुल्ला ब्रान्डले ५० प्रतिशतसम्म छुट घोषणा गरेको छ । सेल अफरमा सहभागी अन्य ब्राण्डहरुले पनि आकर्षक छुटको व्यवस्था गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू