कैलाली – प्रधानमन्त्री शेर बहादुर देउवालाई कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाईदिएको छ ।
सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री देउवालाई आयोजकले १५ किलोको माला लगाइएको हो ।



देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको जनाइएको छ । यस अघि २१ किलोको माला र २१ बुदे माग राख्दै आएका थिए । पूरा भएका मागहरु घटाएर माग र मालाको तौल घटाइएको हो ।