काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताएकी छन् । भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गर्दै मन्त्री रेग्मीले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको बताइन् ।
मन्त्री रेग्मीले संस्कृतिलाई बिर्सन थाले देशमा पाश्चात्य संस्कृति हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरक्षणमा जुट्न आग्रह गरिन् । उनले हरेक संस्कृतिको धरोहरहरुको खोजी गरेर आफ्नो संस्कृतिको खोजी गर्नुपर्ने बताइन् ।
“संस्कृतिलाई हामीले जगेर्ना नगर्ने हो भने संस्कृति मासिन्छ । राष्ट्रिय विभूतिहरुलाई चिनाउनु हाम्रो कर्तव्य हो,” उनले भनिन्, “संस्कृतिलाई बिर्सन थाले हाम्रो देशमा पाश्चात्य संस्कृतिले मात्रै पेलेर अघि बढ्छ । त्यसैले विभूतिको सम्झनामा ग्रन्थहरु लेख्नुपर्छ । चिनाउने गर्नुपर्छ ।”मन्त्री रेग्मीले हरेक संस्कृतिको धरोहरहरुको खोजी गरी संरक्षण संवद्र्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताइन् ।