काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ७०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० थियो ।
यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३६० तोकिएको महासंघले जनाएको छ ।महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । रासस