चितवन – चितवनमा प्रतिबन्धित लागुऔषध गाजाँसहित दुर्ई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं–११, मझवाङका ४० वर्षीय बुद्धिबहादुर चेपाङ र सोही ठाउँका विनोद चेपाङ रहेका छन् ।
प्रहरीले उनीहरुको घरबाट गाँजा बरामद गरिएको जनाएको छ । बुद्धि बहादुर चेपाङको घरमा ८.७२६ किलो र बिनोद चेपाङको घरबाट ७.९१८ किलो गरि १६ किलो ६४४ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।



उनीहरुलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।