चितवन – तामाङ पत्रकार संघ चितवन शाखाले १९ औं स्थापना दिवस मनाएको छ । संघले १९ औं स्थापना दिवसको अवसर पारेर आज (बुधबार) भरतपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
तामाङ पत्रकार संघ केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि राजेश रुम्बा तामाङले राज्यको जुनसुकै तहतप्कामा पुग्नका लागि संगठित हुन जरुरी भएको बताए । संगठित भए मात्र तामाङ समुदायको उदय हुने उनको जिकिर थियो ।
प्रमुख अतिथि तामाङले संघको चितवन शाखालाई आफ्नो पहुँच हुने सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय निकाय तथा सामाजिक संघ संस्थाबाट आवश्यक पर्ने र संस्था हितका लागि आफू सदैव लागि परेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनको सदस्यता आवेदन फर्म खुला भएको जानकारी गराउँदै सदस्यताका लागि आवश्यक कागजपत्र जुटाई निवेदन दिन उनले आग्रह गरे । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भएकोले उक्त संस्थाको सदस्यताका लागि तामाङ संचारकर्मीहरुलाई सुझाव समेत दिए । उनी बागमती प्रदेश फोनिजका उपाध्यक्ष समेत हुनुहुन्छ ।
तामाङ पत्रकार महासंघ चितवनका अध्यक्ष बबिलाल तामाङले समाज रुपान्तरणको लागि मिडियाको भूमिका महत्वपूर्ण भएको बताए । मिडियामा लेखनशैली भएका जनजाति पत्रकारहरु कम भएको बताउँदै लेखनतर्फ लाग्नु पर्ने उनको सुझाव थियो ।
अध्यक्ष तामाङले पत्रकार समाजको दर्पण भएको हुँदा हामीले समाजप्रतिको दायित्वलाई भुल्न नहुने बताए । जनजाति समुदायमा विशेषगरी तामाङ समुदाय मिडिया आउनै नचाहने टड्कारो समस्या देखिएको उनको भनाइ छ । तामाङ समुदाय प्रचारप्रसारलाई बेवास्ता गर्दा पछि परेको उनको जिकिर थियो ।
कार्यक्रममा संघका सचिव प्रकाश तामाङ, कोषाध्यक्ष प्रतिमा तामाङ, सहसचिव सन्तोष तामाङ, सदस्यहरु सुरेश तामाङ, युवक तामाङ, सीमा तामाङ लगायतले स्थापनाको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।
मिडियामा आवद्ध तामाङ संचारकर्मीहरुलाई एकै ठाउँमा गोलबद्ध गर्ने उद्देश्यसहित २०६१ सालमा तामाङ पत्रकार संघ गठन भएको हो । तत्कालीन समयमा तामाङ संचार समूह गठन भएको संस्था दोश्रो केन्द्रीय महाअधिवेशनले तामाङ पत्रकार संघ नामाकरण गरी संशोधन भएको हो ।तामाङ पत्रकार संघ जिल्ला शाखा चितवन २०७० सालमा गठन भएको हो भने संस्थापक अध्यक्ष उर्गेन तामाङ हुन् ।