हंस बहुउद्देश्यीय सहकारीको १९ औं साधारणसभा सम्पन्न, अध्यक्षमा दिनेश कुमार चुके

एटुजेड समाचार

भरतपुर – हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा दिनेश कुमार चुके निर्विरोध निर्वाचित भएका छन् । (आज) बुधबार नारायणगढमा सम्पन्न निर्वाचनबाट दिनेश कुमार चुके निर्विरोध निर्वाचित भएका हुन् ।

जसको उपाध्यक्षमा बाबुराम अधिकारी, सचिवमा शारदा शर्मा पौडेल, कोषाध्यक्षमा प्रमोद कुमार श्रेष्ठ, सञ्चालक सदस्यहरुमा प्रा.डो होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुवकुमार ओझा, अनिता मैनाली, देशबन्धु अधिकारी, सन्देश पाठक र सूर्य बराल निर्विरोध चयन भएका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोबिन्द प्रसाद पौडेल, गोबिन्द सुबेदी र कृष्णहरि तिमल्सेना निर्विरोध निर्वाचित भएको जानकारी निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संस्थाले मंसिर १८ गते टाँडी सेवाकेन्द्र, १९ गते विजयनगर सेवाकेन्द्र र २० गते प्रधान कार्यालय नारायणगढमा एकाइगत बैठक बस्दै त्यहाँबाट छनौट भएका प्रतिनिधिहरुको प्रतिनिधिमूलक १९ औं साधारण सभा बुधबार सम्पन्न गरेको छ ।

साधारण सभा संगसंगै संस्थाले आफ्नो १३ औं वार्षिकोत्सव कार्यक्रम समेत सम्पन्न गरेको थियो । जसमा १७ गते जीतपुर सेवाकेन्द्रको नवनिर्मित भवन समुद्घाटन गरिएको थियो भने बिभिन्न बिधामा सदस्यहरुलाई सम्मान गर्नुका साथै रक्तदान कार्यक्रम समेत आयोजना गरेको जानकारी संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले बताए ।

साथै उनले आगामि वर्ष बहुउद्देश्यीय परियोजना सञ्चालन गरिने र सदस्यहरुलाई थप सेवाहरु प्रदान गर्ने जानकारी दिए ।

साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएका विषय तथा पेश गरिएका प्रतिवेदानमाथि छलफल गरी अनुमोदन गरेको थियो । संस्थाले आ.व. २०७८÷०७९ को मुनाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने र नियमानुसार संरक्षित पूँजि फिर्ता कोषको रकम वितरण गर्ने प्रस्ताव समेत पारित गरेको जानकारी कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए ।

हाल संस्थामा ४०३५ जना सदस्य रहेका भने संस्थाले रु ६५ कारोड ६८ लाख ५६ हजार बचत संकलन गरी रु. ६८ करोड पाँच लाख ९२ हजार ऋण लगानी गरेको छ । कूल पूँजि १० करोड २५ लाख १६ हजार, जगेडा कोष रु. पाँच करोड तीन लाख २५ हजार तथा कूल सम्पत्ति रु ८८ करोड ५ लाख २८ हजार रहेको जानकारी संस्थाका प्रवन्धक नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु