भरतपुर – भोलि भरतपुर अस्पतालको ओपिडी सेवा बन्द हुने भएको छ । अस्पतालले (आज) एक सुचना जारी गर्दै भोली मंसिर २२ गते (विहिबार) अस्पतालको ओपिडी सेवा बन्द हुने जनाएको छ ।
उधौली पर्वको अवसरमा सार्वजनिक विदा भएकाले अस्पतालको ओपिडी सेवा बन्द हुने जनाएको हो । साथै अस्पतालले ओपिडी बाहेका अन्य सेवाहरु भने चौबिसै घण्टा सन्चालन हुने जनाएको छ ।