महिला हिसा गर्नु जघन्य अपराध : उपप्रमुख अधिकारी

एटुजेड समाचार

भरतपुर – भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले महिला हिसा गर्नु जघन्य अपराध भएको बताउनु भएको छ । महिला माथी गरिने हिसा सामान्य हिसा होईन उप प्रमुखले भन्नू भयो,महिला हिसा मात्रै नभई समाजमा हुने सबै खाले हिसाहरुको अन्त्य हुनु पर्नेमा उहाँको जोड रहेको छ ।

लैगिक हिसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा चेली नेपालको आयोजना तथा आफन्त नेपाल र महिला शसक्तिकरण तथा परिवर्तनशिल सस्था नेपालको सहकार्यमा बुधबार भरतपुरमा भएको कानुनी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको उद्वघाटन गर्दै नगर उप प्रमुख अधिकारीले भन्नू भयो,

गरिबी, मद्यपान, वा अन्य कारणहरुले लैंगिक हिंसा हुने चित्रण हुँदै आएको भएतापनि यसको मुख्य कारण भनेको महिलाको पहिचान, शरीर र श्रममाथि आफ्नो नियन्त्रण नहुनु नै हो ।बढ्दो रुपमा घट्ने गरेका लैंगिक हिंसाका घटनाहरुले हिंसा प्रभावितहरुको स्वास्थ्य, सुरक्षा, गुणस्तरीय जीवन बाँच्न पाउने अधिकारलाई खण्डित गरिरहेको उहाँको टिप्पणी छ ।

महिला र पुरुष बीच स्थापित असमान शक्ति सम्बन्ध, हानिकारक परम्परा, र महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा सम्म महिला हिंसाका घटनामा कमी आउने देखिँदैन । त्यसैले सरकारको योजना, कार्यक्रम र नीतिहरुमा लैंगिक समानताको प्राथमिकिकरण गर्नुका साथै हरेक घरमा पुग्ने गरि सामाजिक रुपान्तरणको अभियान संचालन नभए सम्म लैंगिक समानता हासिल गर्न र लैंगिक हिंसाको अन्त्य गर्न सकिँदैन उप प्रमुखको भनाइ छ ।

कार्यक्रममा अधिबक्ता फुलमाया रानाभाटले प्रशिक्षण दिनु भएको छ ।सस्थाले मानव बेचबिखन तथा लैगिक हिसा प्रभावित र त्यसको जोखिममा रहेका चेलीहरुको सीप बिकास तथा शसक्तिकरण, शिक्षा बिकास, ब्यबसाय सहयोग र विभिन्न चेतनामूलक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।

यसका अलवा सस्थाले भरतपुर ५ मा आवासीय तालिम केन्द्र सन्चालन गरि सिलाइ कटाई, लेडिज तथा जेन्ट्स ब्युटिसियन,फास्टफुड, सामाजिक नेतृत्व बिकास लगाएतका विभिन्न तालिमहरु पनि सन्चालन गरिरहेको छ ।मसिर ९ देखि शुरु भएको लैगिक हिसा विरुद्धको १६ दिने अभियान २४ गते सकिदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु